Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चार दिनमा अढाइ सय पुगे सगरमाथा चुचुरो, ६ जनाले ज्यान गुमाए

चार दिनमा अढाइ सय पुगे सगरमाथा चुचुरो, ६ जनाले ज्यान गुमाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०८० बिहिवार • १०:५८:२९ बजे
  • 424
    SHARES
  • चार दिनमा अढाइ सय पुगे सगरमाथा चुचुरो, ६ जनाले ज्यान गुमाए

    यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी छ । चार दिनअघि आरोहण सुरु भएकोमा अहिलेसम्म २५० जना सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।

    images

    बुधबार एकै दिन १७५ भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७औं पटक सगरमाथा आरोहण गरेका छन् । यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् ।

    सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ। यस वर्ष आरोहणका क्रममा ६ जनाले ज्यान गुमाएका छन् ।

    बुधबारमात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ । यसै सिजनमा पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनामले पनि सगरमाथा आरोहण गरेका छन् । यती समूहका अध्यक्षसमेत रहेका उनी बुधबार बिहान ७ बजेर ३४ मिनेटमा चुचुरोमा पुगेका हुन् ।

    यसअघि श्रीमती पासाङल्हामुसँगै सगरमाथा आरोहण गर्ने उनको प्रयास सफल हुन सकेको थिएन । त्यसबेला उनी क्याम्प २ बाट फर्केका थिए । पासाङल्हामु २०५० वैशाख १० मा सगरमाथाको शिरमा पुगेकी थिइन् ।

    आरोहणपछि फर्कने क्रममा उनको बाटोमा निधन भएको थियो । त्यस्तै पहिलो पटक नेपाल प्रहरीको झण्डा सगरमाथा चुचुरोमा पुगेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले बुधबार सगरमाथाको सफल आरोहण गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # ६ जनाले ज्यान गुमाए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology