Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नक्कली भुटानी शरणार्थी प्रकरण:केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण:केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०८० बिहिवार • १२:३९:३४ बजे
  • 790
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण:केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

    गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

    images

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ प्रहरीको खोजी सूचीमा थिए ।

    प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका उनी बिहीबार बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परे । ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो ।

    हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology