Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बस दुर्घटनामा एकजनाको मृत्यु

बस दुर्घटनामा एकजनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०८० शुक्रवार • ११:५१:०४ बजे
  • 847
    SHARES
  • बस दुर्घटनामा एकजनाको मृत्यु

    दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

    images

    लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । 

    बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन् । 

    घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र  नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो । 

  • सम्बन्धित विषय:

  • # एकजनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology