Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाका कारण बाँकेमा थप एकको मृत्यु

कोरोनाका कारण बाँकेमा थप एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७७ शुक्रवार • ०९:२२:२५ बजे
  • 1.4K
    SHARES
  • कोरोनाका कारण बाँकेमा  थप एकको मृत्यु

    शुक्रवार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    images
    स्वास्थ्य कार्यालयका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ वर्षीय एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

    मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राति ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको थियो ।

    सोही दिन दिउँसो आएको कोरोना परीक्षणको नतिजामा उनलाई पोजेटिभ देखिएको र उपचारकै क्रममा शुक्रबार बिहान २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

    मृतक व्यक्तिको दुबैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको स्वास्थ्य समस्या रहेको उक्त नोटमा जनाइएको छ ।

    योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology