Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

यस सिजनमा मात्रै सगरमाथामा ११ जनाले गुमाए ज्यान

यस सिजनमा मात्रै सगरमाथामा ११ जनाले गुमाए ज्यान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०८० शनिवार • १२:१५:०२ बजे
  • 856
    SHARES
  • यस सिजनमा मात्रै सगरमाथामा ११ जनाले गुमाए ज्यान

    यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो ।

    images

    मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परे पछि आधारशिविर ल्याईएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो ।

    अर्का एकजनाको भने पहिचान खुल्न बाँकी छ । यस सिजनमा सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन् ।

    ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने ।

    सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिर्पोट तयार गरिदै गरेको पर्यटन बोर्डले जनाएको छ ।

    यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # ११ जनाले गुमाए ज्यान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology