Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाख्रापालक कृषकलाई अनुदान वितरण

बाख्रापालक कृषकलाई अनुदान वितरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०८० शनिवार • १२:१८:४३ बजे
  • 490
    SHARES
  • बाख्रापालक कृषकलाई अनुदान वितरण

    बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई रु १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । 

    images

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा व्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ । 

    केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रमअन्तर्गत ६५ जना कृषकलाई प्रतिव्यक्ति रु २४ हजार ६२५ का दरले अनुदान वितरण गरिएको जानकारी दिनुभयो । खोर तथा ओपन याड निर्माण, मर्मत, प्रजनन बोका खरिद, यान्त्रीकरण कार्यक्रमका लागि सम्झौता गरेका सबै कृषकले कार्यसम्पन्न गरेपछि रकम वितरण गरेको उहाँले बताउनुभयो । 

    केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सबै कृषकको फर्म अनुगमन गरेर सम्झौताअनुसारको काम गरेको प्रमाणित भएपछि रु १६ लाख ६२५ नगद अनुदान वितरण गरिएको बताउनुभयो । कार्यक्रमअन्तर्गत यसअघि सात सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको थियो । कृषकलाई अभिमुखीकरण र अन्तक्र्रिया भइसकेको छ । 

    चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको (ब्लक) कार्यक्रममार्फत खोर तथा ओपन याड मर्मत, प्रजनन बोका, फार्म यान्त्रीकरण, मासु पसललाई फ्रिज प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको जिल्ला बाख्रा व्यवसायी सङ्घका उपाध्यक्ष महेन्द्र बानियाँले बताउनुभयो । 

    व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम सुरु भएको थियो । गत वर्ष ३९ जना कृषकले ब्लक कार्यक्रममा आबद्ध भएका थिए । 

    यस वर्ष १० वटाभन्दा बढी बाख्रा पालेका कृषकलाई कार्यक्रममा आबद्ध गराइएको जिल्ला बाख्रा व्यवसायी सङ्घका सचिव नरबहादुर थापाले बताउनुभयो । म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने र नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य रहेको छ । 

  • सम्बन्धित विषय:

  • # बाख्रापालक कृषक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology