Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बालेनको निर्देशन

मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बालेनको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • ०९:४८:२१ बजे
  • 619
    SHARES
  • मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बालेनको निर्देशन

    काठमाडौं महानगरपालिकाकाका मेयर बालेन्द्र शाह (बालेन) ले महनगर क्षेत्र भित्र रहेका अस्पतालहरुलाई लक्षित वर्गलाई मापदण्ड अनुसार निस्शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

    images

    महानगर प्रमुख शाहले स्वास्थ्य सम्बन्धी ऐन, कानुन र मापदण्डहरू पूर्ण कार्यान्वयन गराउन विभिन्न क्षेत्रहरूबाट आएको सुझावका अनुसार स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन निर्देशन दिएका हुन् ।

    उनले सामााजीक सञ्जालमार्फ एक सुचना जारी गर्दै महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको बताए ।

    ‘महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय अनुसार सम्बन्धित सबैलाई यो सूचना जारी गरिएको छ,’ बालेनले फेसबुकमा लेखेका छन्।

    अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्न पनि उनले सूचनामार्फत भनेका छन्। यस्तै, ती विवरण महानगरमा प्रत्येक महिनाको १० गतेसम्म नबुझाएको पाइएमा नियम अनुसार कारवाही हुनेसमेत उनले उल्लेख गरेका छन्।

  • सम्बन्धित विषय:

  • # बालेनको निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology