Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सन्दीपको मुद्दामा अदालतले माग्यो पीडितको सक्कल फाइल

सन्दीपको मुद्दामा अदालतले माग्यो पीडितको सक्कल फाइल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • २०:३७:४६ बजे
  • 328
    SHARES
  • सन्दीपको मुद्दामा अदालतले माग्यो पीडितको सक्कल फाइल

    जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल झिकाउन आिदेश दिएका छ ।

    images

    न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध २१ भदौमा एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

    प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परेपनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउने सर्तमा पुस १८ गते उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

    उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए । क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गरेकाे थियो ।

  • सम्बन्धित विषय:

  • # पीडितको सक्कल फाइल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology