Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रहरीले बुझाएन अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझाएन अनुसन्धान प्रतिवेदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • २०:३८:४७ बजे
  • 367
    SHARES
  • प्रहरीले बुझाएन अनुसन्धान प्रतिवेदन

    नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा आइतबार अनुसन्धान प्रतिवेदन बुझाएन ।

    images

    अनुसन्धानमा खट्दै आएका एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका १६ जनाविरुद्ध अन्य मुद्दा लगाउने कसुर तय भइनसकेकाले अन्तिम रुप दिन बाँकी छ । सरकारी वकिल कार्यालयले आइतबार प्रतिवेदन बुझाउन भनेको थियो । तर, आज अनुसन्धान प्रतिवेदन नआएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

    अनुसन्धान प्रतिवेदन सोमबार बुझाउने प्रहरीकाे तयारी गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिँदै गर्दा आइतबार नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पाँचवटा उजुरी परेको छ ।

    गत वैशाख २९ गते पक्राउ पुर्जी जारी भएपछि २ जेठमा आत्मसमर्पण गरेका शेर्पाले अमेरिका पठाउने नाममा ठगी गरेको भन्दै पाँचवटा उजुरी आइपुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    शेर्पामाथि परेको उजुरीको अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आइतबार नै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनाविरुद्ध थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

  • सम्बन्धित विषय:

  • # अनुसन्धान प्रतिवेदन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology