Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बचत कर्ताको पैसा फिर्ता गर्न नसकेपछि मेयर फरार

बचत कर्ताको पैसा फिर्ता गर्न नसकेपछि मेयर फरार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • २०:५१:३२ बजे
  • 493
    SHARES
  • बचत कर्ताको पैसा फिर्ता गर्न नसकेपछि मेयर फरार

    इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार भएका छन् ।

    images

    इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताको पैसा तिर्न नसकेपछि मेयर ३ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका नेपालीलाई खोजी कार्य भइरहेको छ ।

    मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताइएको छ । आफू नआउँदा सम्म कार्यवाहक समाल्नु भनेर जिम्मेवारी दिएको उपमेयर कायतले बताए ।

    ‘कार्यालयमा म नहुँदा कार्यवाहकको जिम्मेवारी दिनुभएको रैछ । उहाँसँग यसपछि सम्पर्क भएको छैन,’ उपमेयर कायतले भने । वैशाख ३१ को स्थानीय निर्वाचनमा नेपाली नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

    इमेज सहकारीको पोखरामा पनि शाखा रहेको छ । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मेयर नेपाली विषयमा सम्पर्कविहीन रहेको बताए ।

    मेयर नेपालीलाई खोजीका लागि प्रहरी परिचालन गरिएको सहायक प्रजिअ बरालको बताए । यसअघि मेयर नेपालीले विज्ञप्तिमार्फत बचत कर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # बचत कर्ताको पैसा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology