Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ

बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०८० सोमवार • १०:२५:३१ बजे
  • 418
    SHARES
  • बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ

    १६ बर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् ।

    images

    धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर १६ बर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।

    इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडी बढाईएको मल्लले जानकारी दिए ।

    उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवै जनाले आफुले गरेको सो अपराध स्विकार गरेका छन् । गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्विकार गरेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology