Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०८० मंगलवार • १०:२९:१७ बजे
  • 370
    SHARES
  • कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

    मकवानपुरको भीमफेदी कारागारका ३५  कैदीबन्दीलाई झाडापखला  सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने  तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।

    images

    सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिनुभयो ।

    सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार  सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # झाडापखाला सङ्क्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology