Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०८० मंगलवार • १२:२८:१४ बजे
  • 787
    SHARES
  • सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रायणीस्थित सडकमा बा.प्र ०२-०११ प ४५१७ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२-०३३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक रामेछाप सुनपाती गाउँपालिका-२ घर भएका ५७ वर्षीय आङ्गे तामाङ शेर्पाको मृत्यु भएको छ ।

    images

    दुर्घटनाका गम्भीर घाइते भएका उनको शुष्मा कोइराला मेमोरियल अस्पताल हुँदै नेपाल मेडिकल कलेज जोरपाटीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

    उता सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित सडकमा बा.२ क ७८६४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१७ लबिपुर बस्ने ५२ वर्षीय केशव कुमार कार्कीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

    ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ मालिका टोलस्थित सडकमा म.१ त ५७३ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा हाम फाल्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४८ वर्षीय देव दत्त भट्टको सोमबार दिउँसो मृत्यु भएको छ ।

    गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि भारतको बरेलीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कञ्चनपुरकै कृष्णपुर नगरपालिका-२ बणी नम्बर २ चौराहस्थित सडकमा सु.प.प्र.००१ क १६५३ नम्बरको क्रेनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बाणी बस्ने ७० वर्षीय फुलपाती चौधरीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कास्कीको पोखरा महानगरपालिका-६ खहरेचोकस्थित सडकमा ग.२४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ कफी कम्पनिस्थित सडकमा लु.३९ प ९४६३ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २२ वर्षीय दिपेश विकको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology