Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०८० मंगलवार • १७:४७:५९ बजे
  • 778
    SHARES
  • बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

    काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

    images

    मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेटमा २५–१० ले जीत हासिल गरेको हो । दोस्रो र तेस्रो सेट क्रमशः नेपालल २५-८ र २५-९ ले जित्यो । प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

    अब नेपाल काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा गराएसँगै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सोमबार नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो ।

    प्रतियोगितामा नेपालसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सोमबार बंगलादेशलाई र मंगलबार कीर्गिस्तानलाई हराएको थियो । अब नेपाल र भारतबीचको खेलले समूह विजेता चयन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल सेमिफाइनलमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology