Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जिप दुर्घटनामा ३ जनाको मृत्यु

जिप दुर्घटनामा ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०८० बिहिवार • १०:१५:४६ बजे
  • 400
    SHARES
  • जिप दुर्घटनामा  ३ जनाको मृत्यु

    रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    images

    आज (बिहीबार) बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको हो ।

    सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार जिपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएकाे जनाइएको छ ।

    जिपमा सवार अन्य सबै घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology