Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०८० शुक्रवार • ११:४२:२० बजे
  • 424
    SHARES
  • गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप
    गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो । 
     
    पशुसेवा विज्ञ केन्द्रका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालका अनुसार भीमसेन थापा गाउँपालिकामा १४ हजार एक सय ३४ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप लगाइएको छ । त्यस्तै नौ सय १२ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप र ३९ हजार नौ सय २२ बाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिकामा सात सय ११ कुकुरलाई पनि यस वर्ष रेबिजविरुद्धको खोप दिइएको डा आर्चायले जानकारी दिनुभयो । 
     
    त्यस्तै आरुघाटमा १७ हजार आठ सय ९१ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप र एक हजार छ सय ३५ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ । आरुघाटभित्र ४२ हजार छ सय ४७ बाख्रालाई पिपिआरविरुद्धको तथा एक हजार चार सय ५५ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
     
    जिल्लामा पशुधनको सुरक्षाका लागि २०७८ सालदेखि सुरु भएको खोप कार्यक्रम अहिले चार स्थानीय तहमा विस्तार भएको डा आर्चायले बताउनुभयो । “खोप कार्यक्रम सञ्चालन भएका क्षेत्रमा बाख्रामा पिपिआरविरुद्धको खोप लगाएपछि रोग देखापरेको छैन”, उहाँले भन्नुभयो । 

  • सम्बन्धित विषय:

  • # पशुचौपायालाई खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology