मयूरपाटी - नेपालमा बिहीबार एकै दिन ६ सय ७१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यो एक दिनमा नेपालमा थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च हो । मन्त्रालयले हालसम्म १ हजार १ सय ८६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । २२ जनाको मृत्यु भएको छ ।