Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काका बुहारीको मृत्यु

कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काका बुहारीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०८० बुधवार • ०९:४९:२४ बजे
  • 445
    SHARES
  • कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काका बुहारीको मृत्यु

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ मुगुवा खोला नजिकै मंगलवार बेलुका भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

    images

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका भाइ बुहारी डा. सञ्जु खाती खड्का र कार चालक गोरखाका ३७ वर्षका सुवास अधिकारीको घटना स्थलमै मृत्यु भएको हो ।

    नेपालगञ्जबाट काकरभिट्टाका लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार ठोक्किँदा डा. सञ्जु खाती र चालक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले बताए ।

    बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए ।

    दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology