Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२२ वर्ष वित्यो दरबार हत्याकाण्ड तथ्य रहस्यकै गर्भमा

२२ वर्ष वित्यो दरबार हत्याकाण्ड तथ्य रहस्यकै गर्भमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०८० शुक्रवार • ११:१४:२४ बजे
  • 532
    SHARES
  • २२ वर्ष वित्यो दरबार हत्याकाण्ड तथ्य रहस्यकै गर्भमा

    नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते बेलुकी पारिवारिक जमघटका क्रममा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।

    images

    घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो । राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिए ।

    हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले धेरै मानिसले पत्याएका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

    उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् । २०६२÷६३ को जनआन्दोलनमार्फत पुनः स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो ।

    २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो । २०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । २०६५ फागुन १५ देखि सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गर्‍यो ।

    हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक हल लगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिएको छ । तर, राजदरबार हत्याकाण्डको २१ वर्ष पूरा हुँदासम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # २२ वर्ष वित्यो दरबार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology