Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रथम बरंजा कप तथा सांस्कृतिक मेला जेठ २३ बाट सञ्चालन हुने

प्रथम बरंजा कप तथा सांस्कृतिक मेला जेठ २३ बाट सञ्चालन हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

जेठ २०, २०८० शनिवार • १८:४२:४५ बजे
  • 5.0K
    SHARES
  • प्रथम बरंजा कप तथा सांस्कृतिक मेला जेठ २३ बाट सञ्चालन हुने

    बरंजेलीहरुको महान चाड धुले मेलाको अवसरमा प्रथम बरंजा कप तथा सांस्कृतिक मेला जेठ २३ बाट सञ्चालन हुने भएको छ ।

    images

    म्याग्दी मंगला गाउपालिका-३, बंरजा आर्भाङमा प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह - आयोजनामा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको आयोजकले बताएको छ । मेलामा पुरुष तथा महिला भलिवल प्रतियोगिता, सो-डान्स प्रतियोगिता, पुरुष तथा महिला लठो तान्ने  प्रतियोगिता र अन्धा निसान प्रतियोगिता हुनेछ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, ट्रफी र प्रमाण र द्वितीय हुने टिमले नगद ३० हजार, ट्रफ्री र प्रमाण पत्र हात पार्ने छ । महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले २० हजार , ट्रफ्री , प्रमाण पत्र र द्वितीय हुने टिमले १० हजार, ट्रफ्री र प्रमाण पत्र हात पार्ने छ। महिला भलिबलमा पाच टिम भन्दा कम टिमको सहभागिता भएमा खेलाईने छैन । सो - डान्स प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने लाई  क्रमस १० हजार , ७ हजार , ४ हजार र प्रमाण पत्र पुरस्कार रहेको छ । त्यसैगरी पुरुष तथा महिला लठो तान्ने प्रतियोगिताको प्रथम पुरस्कार  पाच हजार रहेको छ भने अन्धानिसान प्रतियोगिताको पुरस्कार २ हजार बराबरको भाले रहेको आयोजकले जनाएको छ । 

    अहिले आयोजकले मेलाको तयारी गर्न छोटो समय भएता पनि आर्थिक ब्यबस्थापन तथा प्रायोजकहरु जुटाउने, प्रचार प्रसार तथा पत्राचार लाइ तिब्रता दिने कार्यमा लागि परेको छ । स्थानिय क्षेत्रमा आयोजना गरिएको सो प्रतियोगितामा विभिन्न संघ , संस्था र क्लबलाई  सहभागिता जनाउन समेत आयोजकले अनुरोध गरेको छ । बिगतका वर्षहरमा बरंजेलीहरुको धुले मेला मा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम मंगला गाउपालिका-४, थर्पुमा आयोजना हुने गरेको थियो ।

    91EC3D16-328D-481C-9FEB-7CB686EBFB7D.jpeg

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology