Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जिप दुर्घटनामा तीन जनाको मृत्यु, ११ घाइते

जिप दुर्घटनामा तीन जनाको मृत्यु, ११ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०८० आइतवार • २०:४३:४५ बजे
  • 1.1K
    SHARES
  • जिप दुर्घटनामा तीन जनाको मृत्यु, ११ घाइते

    पाल्पामा जिप दुर्घटना हुँदा तीन जना मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    images

    आइतबार बेलुकी सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेकाृ जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    उनीहरुको पहिचान खुलेको छैन । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology