Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्पकप छनौट खेल्न सन्दीप आज अफ्रिका जाँदै

विश्पकप छनौट खेल्न सन्दीप आज अफ्रिका जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०८० सोमवार • १०:१०:३४ बजे
  • 787
    SHARES
  • विश्पकप छनौट खेल्न सन्दीप आज अफ्रिका जाँदै

    नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् ।

    images

    अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन् ।

    काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपबाद’ का रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो।

    अब उनको तारिख २९ असारमा राखिएको छ । लामिछानेका कानुन ब्यबसायिले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो ।

    जसकाकारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्ने छैन ।

    विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाई सुरु गरिने गरी अदालतले ब्यवस्था मिलाएको छ । लामिछाने आज प्रशिक्षक देसाईसँगै राती २ बजे अफ्रिका जाने बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # आज अफ्रिका जाँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology