Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जंगलमा एक महिलाको शव गाडेको अवस्थामा भेटियो

जंगलमा एक महिलाको शव गाडेको अवस्थामा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०८० मंगलवार • १३:५०:०२ बजे
  • 733
    SHARES
  • जंगलमा एक महिलाको शव गाडेको अवस्थामा भेटियो

    कैलालीको केदारेश्वर सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।

    images

    जिल्लाको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो ।

    बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology