Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युरोपेली च्याम्पियन जर्मन महारथी बायर्न म्युनिख यूईएफए सुपर कप च्याम्पियन

युरोपेली च्याम्पियन जर्मन महारथी बायर्न म्युनिख यूईएफए सुपर कप च्याम्पियन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १०, २०७७ शनिवार • १०:०२:०६ बजे
  • 1.7K
    SHARES
  • युरोपेली च्याम्पियन जर्मन महारथी बायर्न म्युनिख यूईएफए सुपर कप च्याम्पियन
    बुडापेस्ट । युरोपेली च्याम्पियन जर्मन महारथी बायर्न म्युनिख यूईएफए सुपर कप च्याम्पियन बनेको छ । सिजनको पहिलो उपाधि जित्ने क्रममा बायर्नले युरोपा लिग च्याम्पियन स्पेनिस क्लब सेभियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सुपर कप च्याम्पियन बनेको हो । बायर्नले १–० ले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे । सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना बन्यो ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जेभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई च्याम्पियन बनाए । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा भएको खेलमा सेभियाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

    इभान राकिटिचलाई पेनाल्टी बक्समा डेभिड अलावाले धकेलेपछि प्राप्त पेनाल्टीमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाएका थिए । ३४औं मिनेटमा बायर्नले खेललाई १–१ गोलको बराबरीमा ल्यायो । थोमस मुलरको क्रसमा रोबर्ट लेवान्डोस्कीको मिलाइदिएको ब्याकपासमा गोरेट्जकाले जाली चुमाएका थिए । ५१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे पनि भीएआरबाट मान्यता पाएन । लिरोए सानले गरेको क्रसमा सुरुमै लेवान्डोस्की र थोमस मुलर अफसाइड पोजिसनमा रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # सुपर कप च्याम्पियन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology