Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुटपीट गरी एक युवतीको हत्या

कुटपीट गरी एक युवतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८० बुधवार • १२:५२:३८ बजे
  • 1.4K
    SHARES
  • कुटपीट गरी एक युवतीको हत्या

    काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ । ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।

    images

    हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।

    उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवं कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    मृत्यु भएको सूचना आएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

  • सम्बन्धित विषय:

  • # एक युवतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology