Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हिउँपहिरोमा बेपत्ता तीनजनाको शव ३२ दिनपछि फेला

हिउँपहिरोमा बेपत्ता तीनजनाको शव ३२ दिनपछि फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८० बुधवार • १५:१०:३७ बजे
  • 649
    SHARES
  • हिउँपहिरोमा बेपत्ता तीनजनाको शव ३२ दिनपछि फेला

    हिउँपहिरोमा बेपत्ता भएका तीनजना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।

    images

    मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

    मुगुको मुगुम कार्मारोङ गाउँपालिका– २ च्यार्खुलेखमा गत वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।

    बेपत्तामा परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

    शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाई दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # शव ३२ दिनपछि फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology