Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन

‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०८० शनिवार • १८:१४:३४ बजे
  • 616
    SHARES
  • ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन
    महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरेको छ । 
     
    आमासमूहलाई परिचालन गरेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिलालाई आर्थिकरुपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी बनाउँदै सामाजिकरुपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । 
     
    “समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमासमूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन खोजेका छौँ”, उहाँले भन्नुभयो । 
     
    महिला आर्थिकरुपमा सक्षम भएमा हिंसा न्यूनीकरण हुनुका साथै रोजगारीको सिर्जना भई आत्मनिर्भर हुने भएकाले महिलालाई समाजमा अगाडि ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख लामिछानेको भनाइ थियो । उहाँका अनुसार दुई वटा वडाका तीन/तीन वटा आमासमूहले आयआर्जन र सीपमूलक काम सुरु गरेका छन् । 
     
    नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रू २० लाख विनियोजन भएकामा कार्यक्रमका लागि नगरपालिकाले वडा नं ३ र ९ लाई छनोट गरेको छ । 
     
    बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमासमूहले स्थानीय जातका कुखुरापालन सुरु गरेका छन् । तीन वटा समूहमा आबद्ध ३५ जनालाई खोर निर्माणका लागि अनुदानका साथै कुखुरापालन सम्बन्धी तालिम र चल्ला वितरण गरिने वडा नं ३ का वडाध्यक्ष रत्न जिसीले बताउनुभयो । 
     
    वडा नं ९ को गलेश्वर आमासमूहमा आबद्ध २० जना महिलाहरुका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम सुरु भएको छ । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम शनिबारदेखि सुरु भएको वडाअध्यक्ष चक्र केसीले बताउनुभयो । 
     
    “सामाजिक समस्याका रुपमा देखिएको लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि टोलस्तरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । घतानका १७ आमासमूहलाई तीन वटा समूहको कार्यक्रममा आबद्ध गराएका छौँ”, उहाँले भन्नुभयो । 
     
    तालिममा सहभागी महिलालाई व्यवसाय गर्न कच्चापदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कार्यक्रम सञ्चालन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology