Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बोसिया स्मार्ट खेल प्रदर्शनी

बोसिया स्मार्ट खेल प्रदर्शनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०८० शनिवार • १८:२०:५३ बजे
  • 694
    SHARES
  • बोसिया स्मार्ट खेल प्रदर्शनी
    बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र अतिअशक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत) अपाङ्गता भएका खेलाडीबीच बोसिया खेल खेलाइएको थियो । 
     
    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित एकदिवसीय प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई विशेषगरी अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलका बारेमा विस्तृत  जानकारी गराइएको थियो । प्रदर्शनीमा ६० अपाङ्गता भएका खेलाडीको सहभागिता थियो । 
     
    सङ्घका अध्यक्ष गोमा पौडेलले भन्नुभयो, “बोसिया खेलको प्रसारप्रचार गर्न तथा  अपाङ्गता भएका व्यक्तिलाई थेरापी होस् भन्ने उद्देश्यले खेल प्रदर्शनीको आयोजना गरिएको हो ।” अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको विकासका लागि नीति तथा कार्यक्रम र विशेष बजेटको व्यवस्था गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिबीच नै प्रतिस्प्रर्धा हुने गरी राष्ट्रियस्तरको खेल प्रतियोगिता आयोजना गर्नुपर्ने, बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिएर अगाडि बढाउनुपर्ने, खेलसम्बन्धी नीति नियम, ऐन कानुनलाई अपाङ्गमैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्ति त्यसमा पनि अतिअशक्तलाई राज्यले विशेष सुविधा दिनुपर्ने र बोसिया खेललाई राष्ट्रिय खेलको मान्यता दिनुपर्ने सङ्घले माग गरेको छ ।  
     
    “अपाङ्गता भएका व्यक्तिलाई बोसिया खेलका लागि समस्या छ, उनीहरूलाई यातायातका साधन प्रयोग गर्न समस्या छ, आर्थिक अभाव छ । त्यसका लागि सरकारले विशेष बजेटमार्फत भत्ताको व्यवस्था गर्नुपर्छ, अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै सहयोगीको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो । सो अवसरमा काठमाडौँ महानगरपालिका¬–११ की वडा सदस्य आशा श्रेष्ठले अपाङ्गमैत्री खेलका निम्ति राज्यले नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology