कोरोना भाइरस (कोभिड १९) बाट शारीरिक रुपमा कमजोर र दिर्घरोगीको मात्र मृत्यु हुन्छ भन्ने भ्रम मात्र रहेको पुष्टि भएको छ ।
शारीरिक रुपमा हट्टाकट्टा र निरोगी सैनिक जवानको मृत्यु भएपछि यो तथ्य स्पष्ट भएको हो । नेपालमा कोरोनाबाट सैनिक जवानको मृत्यु भएको यो दोश्रो हो ।
बझाङ घर भई हाल काठमाण्डुमा कार्यरत उनको उपचारका क्रममा शुक्रबार सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो । ती सैनिकलाई गत ८ असोजमा तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।