Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौंमा गोली चल्यो, १ जना पक्राउ

काठमाडौंमा गोली चल्यो, १ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०८० आइतवार • १३:२४:४२ बजे
  • 724
    SHARES
  • काठमाडौंमा गोली चल्यो, १ जना पक्राउ

    काठमाडौंको सिनामंगलमा आज (आइतबार) दिउँसो गोली चलेको छ ।

    images

    लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा लगूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर आरोपी विकास भगत घाइते भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

    उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

    भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

    भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । ब्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो ।

  • सम्बन्धित विषय:

  • # १ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology