Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

७ किलो चरेससहित विमानस्थलबाट एक विदेशी नागरिक पक्राउ

७ किलो चरेससहित विमानस्थलबाट एक विदेशी नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०८० सोमवार • १३:३४:२४ बजे
  • 511
    SHARES
  • ७ किलो चरेससहित विमानस्थलबाट एक विदेशी नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा प्रतिबन्धित लागुऔषध चरेशसहित एक जना विदेशी नगरिकलाई नियन्त्रणमा लिएको छ ।

    images

    टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय जर्मन नागरिक पउल वेस्टर्सलाई झण्डै ७ किलो लागु औषध चरेशसहित आज (सोमबार) बिहान विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

    ती विदेशी नागरिकले सुटकेशमा फल्सबटम बनाएर लागुऔषधलुकाएर ल्याएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीमाथि थप अनुसन्धान गर्न ब्युरोलाई बुझाएको छ । थप विवरण खुल्न बाँकी रहेको एसपी जोशीले बताए । यसमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने प्रहरीले बताएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology