Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मलेसियाबाट आएको विमान भैरहवामा अवतरण, यात्रुलाई पर्यटनमन्त्रीले गरे स्वागत

मलेसियाबाट आएको विमान भैरहवामा अवतरण, यात्रुलाई पर्यटनमन्त्रीले गरे स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०८० मंगलवार • १०:२१:१६ बजे
  • 367
    SHARES
  • मलेसियाबाट आएको विमान भैरहवामा अवतरण, यात्रुलाई पर्यटनमन्त्रीले गरे स्वागत

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले पहिलोपटक व्यवसायीक उडान सुरु गरेको छ ।

    images

    मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट ९७ जना यात्रु बोकेर आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण गरेको हो । ११ जना विदेशी नागरिक सहितका यात्रुहरुलाई संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्नेछ ।

    भैरहवामा केही यात्रुलाई ओरालेर उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्यान्ड गर्नेछ । अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ ।

    क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ । सो विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो ।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७९ जेठ २ गते उद्घाटन गरेपछि विमानस्थल सञ्चालनमा आएको थियो । यसअघि, उक्त विमानस्थलबाट कुवेतको जजिरा एयर र नेपालको हिमालयन एयरलाइन्सले उडान सुरु गरेका थिए। तर, अहिले ती दुवै एयरलाइन्स कम्पनीले त्यहाँबाट उडान बन्द गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology