Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०८० मंगलवार • १३:२०:५२ बजे
  • 661
    SHARES
  • गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा
    काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिनुभयो । 
     
    यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद देखिएका पाँचजनाको परीक्षणमा चारमा दादुरा भएको पुष्टि भएको थियो । “दादुरा देखिएपछि ती चार जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ”, उहाँले भन्नुभयो, “अहिले उक्त क्षेत्रमा दादुरा प्रकोप नियन्त्रणमा रहेको छ, हामीले फैलिन दिएनौँ ।”
     
    उहाँले उक्त विद्यालयका १५ वर्षमुनिका चार सय १९ जनालाई दादुराविरुद्धको खोप पनि दिइएको जानकारी दिनुभयो । विद्यालयमा रहेका पाँच सय ६० को परीक्षणमा ६३ जनामा दादुरा जस्तै लक्षण र १६ जनामा बान्ता तथा ज्वरो आउने दादुरा जस्तै समस्या देखिएको थियो । शाखाप्रमुख उपाध्यायले ती दादुराका शङ्कास्पद देखिएका बिरामीलाई भिटामिन ‘ए’ खुवाइएको जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # दादुरा नियन्त्रणमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology