Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद

जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३२, २०८० बिहिवार • १०:०२:४९ बजे
  • 454
    SHARES
  • जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद

    आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

    images

    न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए ।

    यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दैआएकी थिइन् ।

    परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ ।

    जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटनालगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # बाबुलाई जन्मकैद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology