Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनलाईन सट्टेबाजी आरोपमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ

अनलाईन सट्टेबाजी आरोपमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३२, २०८० बिहिवार • १४:०८:२१ बजे
  • 646
    SHARES
  • अनलाईन सट्टेबाजी आरोपमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ

    अनलाइनमार्फत जुवा खेलाएको आरोपमा हास्य कलाकार र युटुबरसहित ८ जना पक्राउ परेका छन् ।

    images

    सट्टेबाजी आारोपमा (बल्छी ध्रुव्रे) मरिचमान श्रेष्ठ,(म्याकुरी) पवन खतिवडा, (राजुमास्टर उर्फ) राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जल), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई आज(बिहिबार) पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो ।

    पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन। अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # अनलाईन सट्टेबाजी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology