Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८० शनिवार • ११:२८:११ बजे
  • 322
    SHARES
  • करेन्ट लागेर २ जनाको मृत्यु

    रौतहटको बौधीमाई नगरपालिका-५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति दुई जना युवाको मृत्यु भएको छ ।

    images

    करेन्ट लागि घाइते भएका उनीहरूको उपचारका क्रममा सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    कोपवाटोलका ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय पण्डित कुम्हालको धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कोपवाले जानकारी दिए । मृतक अरुणको किराना र पण्डितको पान पसल छ ।

    अरुणको घरको धारामा जडान भएको विद्युतीय मोटरमा पानी थाप्न गएका बेला अचानक करेन्ट प्रवाह भएको हो । दुवै जना धारामा पानी थाप्न लाग्दा करेन्ट लागेर घाइते भएको इलाका प्रहरीका सई परमानन्द यादवले बताए ।

    ‘घटना लगत्तै सख्त घाइते भएका दुवै जनालाई स्थानीय क्लिनिकमा उपचार गराइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology