Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८० शनिवार • १७:३१:१० बजे
  • 331
    SHARES
  • पाँच जना मृत अवस्थामा फेला

    देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका-२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।

    images

    यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका-१० आदर्श नगर बस्ने ५० वर्षीय प्रेम बहादुर डाँगी आफनै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

    उता नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-२ चिसापानी बल्क नम्बर ६ स्थित प्रतिक्षालयमा पाल्पा पूर्वखोला गाउँपालिका-६ घर भएका ५५ वर्षीय टोप बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

    यस्तै भोजपुरको भोजपुर नगरपालिका-३ दुम्छा बस्ने ४५ वर्षीया देव कुमारी सुनाम आफ्नै घर नजिक बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

    उता रूपन्देहीको सैनामैना नगरपालिका-३ पुरानो हाट बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology