Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यी नदीमा ठूलो बाढी आउने सम्भावना, सतर्कता अपनाउन आग्रह

यी नदीमा ठूलो बाढी आउने सम्भावना, सतर्कता अपनाउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • ११:०५:३४ बजे
  • 673
    SHARES
  • यी नदीमा ठूलो बाढी आउने सम्भावना, सतर्कता अपनाउन आग्रह

    बाढी पुर्वानुमान महाशाखाले पूर्वी नेपालका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपाउन आग्रह गरेको छ । महाशाखाले आइतबार बुलेटिन जारी गर्दै पाँचथर, ताप्लेजुङ र संखुवासभासहित ८ जिल्ला भई वहने नदी/खोलामा बाढी आउने सम्भावना रहेको भन्दै उक्त नदी/खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    images

    यसमा पनि पाँचथर र ताप्लेजुङ भई वहने नदीमा बाढीको जोखिम उच्च छ भने बाँकी जिल्ला भई बग्ने नदीमा मध्यम जोखिम रहेको बाढी महाशाखाले जनाएको छ । यस्तै महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ ।

    महाशाखाका अनुसार आज (आइतबार), भोलि (सोमबार) र पर्सि (मंगलबार) तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ । तसर्थ यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।

    वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट जनधनको क्षति हुन थालेको छ । पाँचथर, ताप्लेजुङ र संखुवासभामा मात्र बाढी र पहिरोमा परी २६ जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

    ती जिल्लामा पुल, घरलगायत भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको छ भने विद्युत ठप्प बनेको छ । केहि ठाउँमा यातायात अवरुद्ध भएको छ ।

  • सम्बन्धित विषय:

  • # सतर्कता अपनाउन आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology