Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढीले गोठ बगाउँदा २ जना बेपत्ता

बाढीले गोठ बगाउँदा २ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • १३:१८:०० बजे
  • 580
    SHARES
  • बाढीले गोठ बगाउँदा २ जना बेपत्ता

    अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभामा गोठ बगाउँदा २ जना बेपत्ता भएका छन् ।

    images

    सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भउको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार बेपत्ताको पहिचान खुल्न हुन सकेको छैन ।

    घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ । बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ ।

    यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # २ जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology