Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलको अर्धशतक पूरा

जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलको अर्धशतक पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • १४:१५:१५ बजे
  • 478
    SHARES
  • जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलको अर्धशतक पूरा

    आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्घको आफ्नो पहिलो खेलमा आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले ६३ बलमा ५० रन बनाएका हुन् ।

    images

    यसक्रममा उनले आठवटा चौका पनि हिर्काए । कुशल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८६ रनको साझेदारी गरिसकेका छन् । आसिफ ३० रन बनाउँदै क्रिजमा छन् ।

    उनले ५९ बलको सामना गरी दुई चौका प्रहार गरेका छन् । नेपालका ओपनरले ४.११ को औसतमा रन बनाएका छन् । पछिल्लो समय नेपालले २१ ओभरमा ८६ रन बनाएको छ ।

    आयोजक जिम्बाबेले टस जिती नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology