Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कर्णाली नदीमा जीप खस्यो, चालक घाइते

कर्णाली नदीमा जीप खस्यो, चालक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०८० सोमवार • ११:०६:०२ बजे
  • 397
    SHARES
  • कर्णाली नदीमा जीप खस्यो, चालक घाइते

    हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ ।

    images

    हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए ।

    जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

    हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो ।

    उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

    उक्त जीपमा चालकसहित १३ जना सवार रहेको भएपनि उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।

  • सम्बन्धित विषय:

  • # चालक घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology