Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रभातलाई धरौटीमा छाड्न कास्की अदातलकाे आदेश

प्रभातलाई धरौटीमा छाड्न कास्की अदातलकाे आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०८० सोमवार • १७:२३:०५ बजे
  • 832
    SHARES
  • प्रभातलाई धरौटीमा छाड्न कास्की अदातलकाे आदेश

    जबरजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश भएको छ।

    images

    जिल्ला अदालत कास्कीले साेमबार एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी छाड्न म्यादी जिल्ला अदालतले आदेश दिएको थियो ।

    जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही सर्तसहित उनलाई धरौटीमा रिहा गरेको थियो ।

    जाहेरवाला युवतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा र कास्कीमा प्रभातलाई अपहरण, जबरजस्ती र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन् ।

    फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेको थियो ।

    जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटे पनि प्रभातले भने जबरजस्ती करणीको मुद्दामा कास्की प्रहरीको हिरासतमा थिए ।

  • सम्बन्धित विषय:

  • # कास्की अदातलकाे आदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology