Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता

बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०८० मंगलवार • १४:४५:४५ बजे
  • 355
    SHARES
  • बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी नेपालमा असार २ गते आएको बाढीका कारण १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

    images

    मंंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कोशी प्रदेशमा बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन् । सो कममा उनले बाढीका कारण ५४ घर पूर्ण रूपमा क्षति भएको र विवरण संकलन गर्ने काम भइरहेको बताए ।

    कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर लगायतका जिल्लामा बाढी र पहिरोबाट मात्रै १० जनाको मृत्यु, ६ जना घाइते र हालसम्म २६ बेपत्ता भएका छन् । मन्त्री श्रेष्ठका अनुसार ५४ घर पूर्ण रुपमा क्षति भएको छ । उनले बेपत्ताहरुको खोजी कार्यलाई सरकारले तीव्रता दिएको बताए ।

    उनले बेपत्ताहरुको खोजी, उद्धार र राहत वितरण कार्यमा स्थानीय निकाय, सडक विभाग, सुरक्षा निकाय, प्रदेश सरकार लगायतसँगको समन्वयमा परिचालन भइरहेको बताए । संखुवासभाको चैनपुर नगरपालिका भइ बग्ने हेवा खोला र पिलुवा खोलामा आएका बाढीका कारण उक्त खोलाका बस्तीहरु प्रभावित भएको उनले जानकारी दिए ।

    चैनपुरस्थित सुपरहेवा हाइड्रोमा काम गर्ने १८ मजदुर र अन्य तीन स्थानमा काम गर्ने तीन गरी २१ जना वेपत्ता भएकामा तीन जनाको जिवितै उद्धार गरिएको उनले जानकारी दिए ।

    उनका अनुसार तीन जनाको उपचार भइरहेको छ भने एक जनाको शव भेटिएको छ । ताप्लेजुङमा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र १ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए । त्यस्तै पाँचथरमा पहिरोबाट ३ जनाको मृत्यु, ३ जना बेपत्ता र १ जना घाइते भएका छन् ।

  • सम्बन्धित विषय:

  • # २६ जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology