Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुदूरपश्चिमका कानुनमन्त्री पत्नीसहित २ जनाको मृत्यु

सुदूरपश्चिमका कानुनमन्त्री पत्नीसहित २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०८० मंगलवार • १८:२६:४२ बजे
  • 520
    SHARES
  • सुदूरपश्चिमका कानुनमन्त्री पत्नीसहित २ जनाको मृत्यु

    बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा परी सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहका पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको हो ।

    पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

    प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्‍याएका थिए । तर, उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले जानकारी दिए ।

    मन्त्री पृथ्वी बहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लागी बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको उनको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology