Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग

पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १५:५१:४८ बजे
  • 3.6K
    SHARES
  • पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग
    काठमाडौँ – कोरोना महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् ।

    सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

    पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड अघि नाराबाजीसहित प्रर्दशन गरेको छ । उनीहरुले पर्यटन मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् ।

    आन्दोलित पर्यटन मजदुरले आफूहरुको हितमा पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग गरी नारा पनि लगाएका छन् ।

    मजदुरहरु माइतीघर मण्डलाबाट नाराबाजीसहित पर्यटन बोर्ड गएका हुन् । नेपालको पर्यटन क्षेत्रको रक्षाका लागि सरकारले काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

    पयर्टन व्यवसाय गएको चैतदेखि नै ठप्प रहेको छ। यसले गर्दा पर्यटन क्षेत्र नै बन्द हुने र आफूहरुको रोजीरोटी नै सदाका लागि खोसिने अवस्था आएकाले आन्दोलन गर्नु परेको उनीहरुले बताएका छन् ।

    उनीहरुले आइतबार पर्यटन दिवस भए पनि आफूहरुका लागि यो कालो दिन रहेको भन्दै नाराबाजी गरेका हुन्।
    देश सञ्चारबाट साभार 

  • सम्बन्धित विषय:

  • # राजीनामा
  • # पर्यटन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology