Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढीले बगाउँदा घट्ट गएकी किशोरी बेपत्ता

बाढीले बगाउँदा घट्ट गएकी किशोरी बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • ११:३८:२९ बजे
  • 583
    SHARES
  • बाढीले बगाउँदा घट्ट गएकी किशोरी बेपत्ता

    पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका-४ गैरेगाउँकी एक किशोरी बाढीमा बेपता भएकी छिन्।

    images

    बेपता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन् । बिहीबार उनी गहुँ पिस्न भन्दै घट्ट गएकी थिइन् ।

    राती आएको वर्षाका कारण स्थानीय भुतगाड खोलामा आएको बाढीले उनलाई बगाएको स्थानीय‌ लवराज कठायतले रातोपाटीलाई जानकारी दिए ।उनको अहिलेसम्म कुनै पत्तो‌ लागेको छैन।

    साथै बिहीबार रातीको बर्सातमा कारण गैरगाउँका दुई घरमा समेत‌ क्षति पुगेको छ । सडकका कारण माथिबाट बाढी आएर गैरागाउँका दुई स्थानीयको घरमा क्षति पुर्‍याएको हो ।

    यद्यपि मानवीय क्षति भने नभएको उनले बताए । गैरागाँउमा पनि बाढीका कारण धेरै खेत बारीहरू पुरेको खबर प्राप्त भएको छ ।क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # किशोरी बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology