Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०८० आइतवार • ०९:४२:०३ बजे
  • 448
    SHARES
  • पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

    निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जय पृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ ।

    images

    उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो ।

    यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

    राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

    पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology