Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्पको टोकाइबाट बालिकाको मृत्यु

सर्पको टोकाइबाट बालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०८० आइतवार • १०:४८:२४ बजे
  • 994
    SHARES
  • सर्पको टोकाइबाट बालिकाको मृत्यु

    दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरीकी १३ बर्षीया दिक्षा वली रहेकी छन्।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो ।

    उनलाई राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो।

    गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएको थियो। उपचारका क्रममा बालिकाको आइतबार बिहान तीन बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # बालिकाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology