Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सन्दिपविरुद्धको मुद्धामा आज क्षतिपुर्ति सबन्धी सुनवाई हुँदै

सन्दिपविरुद्धको मुद्धामा आज क्षतिपुर्ति सबन्धी सुनवाई हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०८० सोमवार • १०:२१:३३ बजे
  • 475
    SHARES
  • सन्दिपविरुद्धको मुद्धामा आज क्षतिपुर्ति सबन्धी सुनवाई हुँदै

    क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्धामा आज सुनवाई हुँदैछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौंमा हुने सुनवाईले टुंगो लगाउने छ ।

    images

    लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिको मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।

    तत्पश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेको अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाइएको छ । तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन ।

    लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।

  • सम्बन्धित विषय:

  • # सबन्धी सुनवाई हुँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology