Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुरुषलाई नक्कली मायाजालमा फसाएर रकम ठग्ने एक महिला पक्राउ

पुरुषलाई नक्कली मायाजालमा फसाएर रकम ठग्ने एक महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८० मंगलवार • १२:५६:०८ बजे
  • 724
    SHARES
  • पुरुषलाई नक्कली मायाजालमा फसाएर रकम ठग्ने एक महिला पक्राउ

    पुरुषलाई नक्कली मायाजालमा फसाएर ८ लाख रुपैयाँ ठग्ने एक महिला पक्राउ परेकी छन् । विदेशी नागरिक बनी मायाजालमा फसाएर रकम ठगी गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको पाइएको छ ।

    images

    सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरुलाई सम्पर्क गर्ने र त्यसपछि आफू इङ्ग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाई दिएको छु भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

    त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र तपाइँको सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जबापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

    उनले पटक–पटक गरी जम्मा आठ लाख ४० हजार रकम पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडितहरु प्रहरीमा आइपुगेका छन् । उनलाई प्रक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवम् कारबाही थालिएको छ ।

  • सम्बन्धित विषय:

  • # एक महिला पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology